काठमाडौं । जबरजस्ती करणी मुद्दामा मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराज भन्ने राजेश झा दोषी ठहर भएका छन् । मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई दोषी ठहर गरेको हो । यसैगरी उनलाई सजाय निर्धारणका लागि असार ३२ गतेको पेशी तोकि जिल्ला सरकारी वकीलको कार्यालय काठमाडौं र प्रतिवादीलाई जानकारी दिन समेत भनिएको