नक्कली शरणार्थी प्रकरण : टोपबहादुरलाई ४ वर्ष र बालकृष्ण खाणलाई २ वर्ष कैद सजाय

  • मङगलबार ३० असार २०८३ ०३:३१ PM
नक्कली शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय निर्धारण गरेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले आज रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना र खाणलाई २ वर्ष कैद र २० हजार जरिबाना तोकिएको हो