सुर्खेत । सरकार गठनमा भएको मौखिक सहमति कार्यान्वयन नभएको भन्दै कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट सहभागी चारजना मन्त्रीले राजीनामा दिएका छन् । मुख्यमन्त्री यामलाल कँडेलले सहमति कार्यान्वयन नगरेको भन्दै एमाले नेतृत्वको सरकारबाट कांग्रेस मन्त्रीहरूले राजीनामा दिएका हुन् । राजीनामा दिने मन्त्रीहरूमा आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाह, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा