काठमाडौं । सिंहदरबार अगाडि प्रदर्शन गरेका अनेरास्ववियुका ६ जना नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अनेरास्ववियुका अध्यक्ष दीपक धामी, निर्वाचन आयोग अध्यक्ष जितप्रसाद सिटौला, सचिवालय सदस्य विशाल खड्का, उपत्यका विशेष बागमती प्रदेश संयोजक रवि मगर, केन्द्रीय सदस्य विष्णु उपरकोटी, कानुन राष्ट्रिय समिति सचिव सुदीप थापा र सिरिस बुढाथोकी रहेका छन् ।