कर्णालीमा कांग्रेसले तत्काल नयाँ मन्त्री बनाउँदैन : विश्वप्रकाश शर्मा

  • बुधबार ३१ असार २०८३ ०७:०५ AM
काठमाडौँ : नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा मन्त्री बनाउनका लागि तत्काल नयाँ नामहरु नपठाउने भएको छ । कर्णाली प्रदेश सरकारबाट कांग्रेसका चार मन्त्रीले बुधबार बिहान सामूहिक राजीनामा दिएका छन् । उनीहरुको स्थानमा तत्काल नयाँ मन्त्री बनाउने गरी नामहरु नपठाउने उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिए । ‘कांग्रेसबाट मन्त्री बनेका साथीहरुले राजीनामा दिनुभएको छ । कांग्रेसले तत्कालै नयाँ मन्त्री बनाउन सूची भने बुझाउँदैन,’ शर्माले भने । केही समय अघि कांग्रेस र एमाले वीचमा प्रदेश सरकार हेरफेरका लागि संवाद भएको थियो । बजेटपछि प्रदेश सरकार हेरफेर गर्ने गरी दुई पक्षको संवाद रोकिएको थियो । ... The post कर्णालीमा कांग्रेसले तत्काल नयाँ मन्त्री बनाउँदैन : विश्वप्रकाश शर्मा appeared first on Kalika Khabar.