काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूलाई बर्खास्त गरेका छन् । मुख्यमन्त्री शाहले यसअघि एमालेसँग सरकारमा रहने वा बाहिरिने निर्णय तत्काल दिन आग्रह गरेका थिए । मुख्यमन्त्रीको आग्रहपछि एमाले नेताहरू आन्तरिक छलफलमा जुटेका थिए भने एमालेको साथ नपाएको अवस्थामा कसरी अघि बढ्ने भन्ने विषयमा शाह पक्षले पनि रणनीति बनाइरहेको थियो