सुदूरपश्चिममा बजेट विवाद : मुख्यमन्त्री शाहले गरे एमालेका चार मन्त्री बर्खास्त

  • बुधबार ३१ असार २०८३ ०३:०० PM
धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा एमालेका चार मन्त्रीलाई बर्खास्त गरेका छन् । पदमुक्त हुनेमा भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पाल, आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्की, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा र भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मलादेवी साउद रहेका छन् ।बजेटलाई लिएर सत्तारुढ दुई दलबीच खटपट चलिरहेको थियो । एमालेले आफैं सहभागी सरकारले ल्याएको बजेट अस्वीकार गरेका थिए । एमाले सांसदहरूले खर्च कटौतीको प्रस्तावसमेत द