६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिनसहित ६ जना पक्राउ

  • बुधबार ३१ असार २०८३ ०३:०० PM
रुपन्देही :बुटवल उपमहानगरपालिका -६ नेपालगञ्ज रोडस्थित एक पसलमा नक्कली नेपाली नोट तथा नोट छाप्न प्रयोग हुने विभिन्न उपकरणसहित ६ जनालाई पक्राउ गरिएको छ ।पक्राउ पर्नेमा रुपन्देही बुटवल उपमहानगरपालिका ११ की ३६ वर्षीया गंगा कुमारी पूर्वछाने , पोखरा महानगरपालिका १ का किरण कृष्ण तिवारी (कृष्ण),कपिलवस्तु बाणगंगा नगरपालिका- १ का संजय थारु, भक्तपुर चाँगुनारायण नगरपालिका १ का ४१ वर्षीय रामचन्द्र खत्री, दोलखा शैलुङ गाउँपालिका ४ का ३८ वर्षीय पासाङ तामाङ तथा भारत पश्चिम बंगाल, सिलिगुडी भक्तिनगर थाना घर भएका ४