पोखरा – नेपाल र भारतबिच ऊर्जा क्षेत्रको द्विपक्षीय सहकार्यलाई थप विस्तार र सुदृढ बनाउने उद्देश्यसहित संयुक्त निर्देशक समिति (जेएससी) र संयुक्त कार्यदल (जेडब्ल्युजी) को १३औँ बैठक पोखरामा सम्पन्न भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार संयुक्त निर्देशक समितिको १३औँ बैठक मंगलबार भारत सरकारको विद्युत् मन्त्रालयका सचिव पंकज अग्रवाल र नेपाल सरकारका ऊर्जा, जलस्रोत