नेपाल-भारतबीच ऊर्जा सहकार्य विस्तार : नेपालबाट १,६५० मेगावाट बिजुली निर्यात गर्ने सहमति

  • बिहीबार ३२ असार २०८३ ०१:२० AM
काठमाडौं । नेपाल र भारतबीच ऊर्जा सहकार्य थप विस्तार गर्ने सहमति भएको छ । पोखरामा सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको १३औँ बैठकले नेपालबाट भारततर्फ विद्युत् निर्यातको क्षमता १,१०० मेगावाटबाट बढाएर १,६५० मेगावाट पुर्‍याउने निर्णय गरेको हो । बैठकले हाल सञ्चालनमा रहेका ढल्केबर–मुजफ्फरपुर र ढल्केबर–सीतामढी अन्तरदेशीय प्रसारण लाइनमार्फत १,४०० मेगावाटसम्म विद्युत् आयात गर्ने सहमति