युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले रोजगारी सुनिश्चित नभएका सीप विकासका तालिम सञ्चालन नगर्न निर्देशन दिएका छन् । उनले श्रम मन्त्रालयले सञ्चालन गर्ने तालिम अनिवार्य रूपमा रोजगारीसँग जोडिनुपर्ने बताएका छन् । सिंहदरबारस्थित मन्त्रालयमा बिहीबार उद्योगी तथा व्यवसायीहरूसँग आयोजित छलफलमा मन्त्री यादवले शिक्षा मन्त्रालय र सीटीईभीटीको मुख्य काम पढाउने भए पनि श्रम मन्त्रालयले दिने तालिमको उद्देश्य