निगमको कार्यकारी अध्यक्ष नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता

  • बिहीबार ३२ असार २०८३ १०:०० PM
काठमाडौं : नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा नियुक्त भएका महेश्वर भक्त श्रेष्ठविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।प्रचलित कानुन र मापदण्ड मिचेर सरकारले नियुक्ति गरेको भन्दै निगमको सञ्चालक समिति सदस्य उपेन्द्रबहादुर कार्कीले बिहीबार रिट दायर गरेका हुन्। कार्कीले कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर गर्न माग गरेका छन्। नेपाल वायुसेवा निगम ऐन, २०१९ र सार्वजनिक निकायका पदाधिकारी नियुक्ति तथा मनोनयनसम्बन्धी मापदण्ड, २०७७ बमोजिम कार्यकारी प्रमुखको उमेर हद ३५ वर्ष पूरा भई