‘हनिमुन पिरियड’ सकिएपछि खुल्दै प्रधानमन्त्री

  • शुक्रबार​ १ साउन २०८३ ०७:०१ AM
काठमाडौं : पदबहालीको १०० दिनसम्म गुमनाम जस्तै रहेका प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह पछिल्ला दिनमा खुला हुन थालेका छन्। ‘हनिमुन पिरियड’ सकिएसँगै उनी दिनहुँजसो विभिन्न क्षेत्रसँग संवाद र छलफलमा जुटेका हुन्। प्रधानमन्त्री शाहले असार २३ गते भलभल अष्टमीका दिन भक्तपुरको कमल विनायकस्थित नवदुर्गा द्योछें मन्दिर पुगेर दर्शन तथा अवलोकन गरेपछि यो संवादको शृंखला थालेका थिए। सोही दिन उनले एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डासँग शिष्टाचार भेटवार्ता गरे। २०८२ चैत १३ गते