कृषिप्रधान देश कि परनिर्भर देश ?

  • शुक्रबार​ १ साउन २०८३ ०७:०१ AM
कृषिप्रधान देश भनेर मात्र के हुन्छ ? कृषिप्रधान देशका जनताले खानकै लागि विदेशको भर पर्नुपर्छ भने अब यो देशलाई ‘कृषिप्रधान’ भन्न छाडिदिए हुन्छ। हरेक वर्ष खेती लगाउने बेलामा न बीउबिजन पाइन्छ, न सिँचाइको व्यवस्था छ, न त समयमा मल नै उपलब्ध हुन्छ। समयमा पानी पर्दैन, परिहाल्यो भने पनि सबैतिर डुबान हुन्छ। ऋण काढेर गरेको खेतीले उल्टै ऋणको भार बढाउँछ। यस्तो अवस्थामा कृषकले आफ्नो जीविकोपार्जन कसरी गर्ने ?    सरकारले हरेक वर्ष कृषिमा राम्रो अनुदान दिँदै आएको छ, तर त्यो अनुदान वास्तविक