आजबाट महँगियो शिक्षा, स्वास्थ्य उपचार र विद्युत् 

  • शुक्रबार​ १ साउन २०८३ ०३:०२ AM
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३–०८४ को बजेटमा गरेको व्यवस्थाअनुसार १ साउन (आज)बाट कर प्रणालीमा हेरफेर भएको छ । सरकारले उद्योगलाई प्रतिस्पर्धी बनाउन थुप्रै कच्चा पदार्थमा भन्सार घटाएको छ भने ३६० प्रकारका वस्तुबाट अन्तःशुल्क हटाएको छ । नयाँ व्यवस्थाअनुसार व्यक्तिगत आयकरमा राहत दिएको सरकारले चुरोट, सुर्तीजन्य पदार्थ, मदिरा तथा केही विलासिताका वस्तुमा कर बढाएको छ