काठमाण्डु – लगानीकर्तालाई नआत्तिन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयले आग्रह गरेको छ । नयाँ सरकार बनेयता सेयरबजारमा देखिएको गिरावटप्रति लगानीकर्ताको असन्तुष्टि र आक्रोश स्वाभाविक भएको भन्दै सचिवालयले उनीहरूलाई निराश नहुन आग्रह गरेको हो । मन्त्री वाग्लेको सचिवालयले शुक्रबार सन्देश जारी गरी सेयरबजार अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा भएको उल्लेख गर्दै पछिल्लो समय अर्थतन्त्रका केही सूचक सकारात्मक रहेको