नेपाल–भारत उद्योग वाणिज्य संघले नेपाल–भारत ऊर्जा क्षेत्रसम्बन्धी संयुक्त निर्देशक समिति (जेएससी) को १३औँ बैठकबाट भएका निर्णयलाई स्वागत गर्दै सीमापार विद्युत् प्रसारण क्षमता विस्तारले दुई देशबीचको ऊर्जा सहकार्यलाई नयाँ उचाइमा पुर्याउने जनाएको छ । संघले बिहीबार जारी गरेको विज्ञप्तिमा ढल्केबार–मुजफ्फरपुर तथा ढल्केबार–सितामढी ४०० केभी प्रसारण लाइनमार्फत नेपालबाट भारततर्फ विद्युत निर्यात क्षमता १,१०० मेगावाटबाट १,६५० मेगावाट तथा