इरान : इरानको गोलेस्तान प्रान्तमा रहेको अकताका खान रेल पुल यतिबेला अन्तर्राष्ट्रिय चर्चाको विषय बनेको छ । अमेरिकाले गत हप्ता यस पुलमा मिसाइल आक्रमण गरेको थियो । यो रेलमार्गले इन्चेब्रोन सीमा नाकामार्फत इरानलाई मध्य एशिया, रुस र चीनको रेल सञ्जालसँग जोड्छ ।यो आक्रमणपछि इरानको अर्थतन्त्रका लागि यो मार्ग कत्तिको महत्वपूर्ण छ ? र यो अवरुद्ध हुँदा के–कस्ता असर पर्न सक्छन् ? गोलेस्तानस्थित अर्धसैनिक बल ‘निनवे गाड्र्स’ का अनुसार, अकताका खान रेल पुललाई अमेरिकी क्रुज मिसाइलहरूले निशाना ब