बागमतीमा ६ वटा मन्त्रालय खारेज : ६ जना मन्त्री बने बिना बिभागीय

  • शुक्रबार​ १ साउन २०८३ ०५:०१ PM
हेटौंडा :  बागमती प्रदेश सरकारले ६ वटा मन्त्रालय खारेज गरेको छ । शुक्रवार प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले ६ वटा मन्त्रालय खारेज गर्दै प्रदेश प्रमुख कार्यालयमा मन्त्रालय कार्यविभाजनको सिफारिस गरेका छन् । गत  वैशाख २२ गते  बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित ८ वटा मन्त्रालय मात्रै रहने व्यवस्था  साउन १ गत देखि लागू हुने निर्णय गरेको थियो । सोही निर्णय अनुसार मुख्यमन्त्री बानियाँले शुक्रवार प्रदेश प्रमुख कार्या