यू१९ वुमन्स प्रिमियर कप: यूएईसँग पराजित हुँदा नेपाल सेमिफाइनलबाटै बाहिरियो

  • शुक्रबार​ १ साउन २०८३ ०५:०१ PM
काठमाडौं : एसीसी यू १९ वुमन्स प्रिमियर कपमा नेपाल यूएईसँग पराजित भएको छ। शुक्रबार वायुमास क्रिकेट ओभलमा भएको खेलमा नेपाल यूएईसँग सुपर ओभरमा पराजित भएको हो।निर्धारित २० ओभरमा दुवै टोलीले १०० रन मात्रै बनाउँदा खेल सुपर ओभरमा तानिएको थियो। सुपर ओभरमा नेपालले ६ रन मात्रै बनाउँदा यूएईले लक्ष्य ३ बलमा नै पूरा गरेको हो। यूएईले दिएको १०१ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा १०० रन बनाउँदै अल आउट भएको हो। नेपालको लागि अनु कडायतले सर्वाधिक २० रन बनाइन्। साना प्रवीण र एलिसा यादवले समान १७/१७ रन बन