२२ करोड ठगी मुद्दामा नवलपरासीका शैलेन्द्र गुप्ता प्रहरी हिरासतमा

  • शुक्रबार​ १ साउन २०८३ ०६:०१ PM
परासी : उखु किसानलाई २२ करोड बढी भुक्तानी नगरी ठगी गरेको आरोपमा नवलपरासी रामग्राम नगरपालिका–२ परासीका शैलेन्द्र गुप्तालाई सर्लाही प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । गुप्ता सर्लाही धनकौल गाउँपालिका– २ मा अन्नपूर्ण सुगर एण्ड जनरल इण्डष्ट्र्जि प्रालिका सञ्चालक हुन् ।उखु किसानलाई भुक्तानी गर्नुपर्ने रकम नदिएको भन्दै गुप्तासहितका सञ्चालकविरुद्ध सर्लाही प्रहरी कार्यालयमा ‘ठगी, आपराधिक, विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुर’ मा किसानहरुले जाहेरी दिएपछि गुप्तालाई प्रहरीले