१ हजार २५० मेट्रिक टन रासायनिक मल ४ दिनभित्र नेपाल आइपुग्ने

  • शुक्रबार​ १ साउन २०८३ ०१:२८ PM
काठमाण्डु– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले अनुदानको रासायनिक मल वितरण प्रक्रियाको अनुगमन गर्ने जिम्मेवारी स्थानीय तहलाई दिइएको बताएकी छिन् । प्रतिनिधिसभाअन्तर्गत कृषि तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा रासायनिक मलसँग सम्बन्धित विषयमा भएको छलफलका क्रममा उनले रासायनिक मल वितरण प्रक्रियाको प्रभावकारी अनुगमन स्थानीय तहसँगै सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको जानकारी गराइन् । समितिका