नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोड हिनामिना, को-को मुछिए ?

  • शुक्रबार​ १ साउन २०८३ ०२:५५ PM
नेपाल टेलिभिजन (हाल, सार्वजनिक सेवा प्रसारण संस्था) को स्याटेलाइट ब्यान्डविथ खरिदसम्बन्धी छानबिन गर्न गठित अध्ययन समितिले सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ । समितिले शुक्रबार सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासमक्ष बुझाएको प्रतिवेदनले विभिन्न समयमा भएका स्याटेलाइट ब्यान्डविथ खरिद तथा सम्झौतामा कानुनविपरीत कार्य, प्रक्रियागत कमजोरी, वित्तीय अनुशासन उल्लंघन तथा संस्थालाई आर्थिक हानि पुग्नेजस्ता गम्भीर प्रकृतिका कैफियत