वीरेन्द्रनगर : कर्णाली प्रदेशमा नयाँ सरकार गठनको राजनीतिक कसरत तीव्र बन्दै जाँदा नेपाली कांग्रेसभित्रै सरकारको नेतृत्वको विषयलाई लिएर मतभेद सतहमा आएको छ। केन्द्रमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)बीच विभिन्न राजनीतिक विकल्पमा छलफल चलिरहेका बेला कर्णालीको नेतृत्व कसले गर्ने भन्ने विषयले कांग्रेसभित्र नैतिकता, सुशासन र सार्वजनिक छविबारे नेताहरुले बहस सुरु गरेका हुन्। कर्णालीमा नेपाली कांग्रेस र नेकपाबीच सत्तासाझेदारीको सहमति गरी दुवै दलले वर्तमान मुख्यमन्त्री यामलाल कं