काठमाडौं । प्रधानमन्त्री वालेन्द्र ‘बालेन’ शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको उत्पादन, प्रवर्द्धन र निर्यात विस्तारका लागि सरकारले आवश्यक नीतिगत तथा व्यावहारिक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारी तथा सदस्यहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले स्वदेशी जुत्ता–चप्पल उद्योगलाई आयात प्रतिस्थापन, रोजगारी सिर्जना र निर्यात प्रवर्द्धनको