गण्डकी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले म्याग्दीको बेनी–दरबाङ सडकअन्तर्गत फापरखेतको पहिरो नियन्त्रणका लागि सक्दो प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिबार आफ्नो निर्वाचन क्षेत्रमा आएका मन्त्री पुनले सडकको निरीक्षणपछि यस्तो प्रतिबद्धता व्यक्त गरे । ‘चालु आर्थिक वर्षमा पहिरो नियन्त्रणका लागि संघबाट ४ करोड विनियोजन भएको छ, १ वर्ष भित्रमा समस्या समाधान हुनेमा