काठमाडौं: वर्षायामको समय छ। बाढी, पहिरोका कारण पानीका मुहानहरू दूषित हुन सक्छन्। पिउनका लागि मात्र होइन, तरकारी र काँचै खान मिल्ने फलफूल पखाल्दै हुनुहुन्छ भने ख्याल गर्नुहोस्। यदि पानी सफा (शुद्ध) छैन भने रोगले पिरोल्न सक्छ।सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार, वर्षायामसँगै पानीजन्य रोगले सताउने जोखिम हुन्छ। डा. पुन भन्छन्, ‘मनसुन सक्रिय होउन्जेलसम्म पानीजन्य रोगको जोखिम रहिरहन्छ, तसर्थ, सबै सजग हुनुपर्छ।’ यसका लागि शुद्धीकरण गरिएको पानी पिउनुपर्छ। त्यस्तै, रोगबाट बच्न