जनकपुरधाम : जानकी मन्दिरमा हुने आर्थिक तथा समाजिक अनियमितताको मौखिक गुनासो मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो कहाँ पुग्यो। गुनासोका आधारमा गृहमन्त्री महतोले गत असार ३० गते मंगलबार जानकी मन्दिर अधिनस्त विवाह मण्डप पुग्दा अनियमित हिसाबले अवैद्यानिक तरिकाबाट टिकट काटिरहेको भेटिएपछि जफत गरे।अनुगमनको क्रममा गृहमन्त्री महतोले टिकटमा फरक–फरक दररेट, अस्तव्यस्त विवाह मण्डप, पानी बिनाको खानेपानी, फोहरमैलाले भरिएको कुडादानी र भारतीय पर्यटकसँग फरक व्यवहार भएको देखेपछि टिकट खासे