जवाङ खोलामा पहिरो जाँदा मुग्लिङ-काठमाडौं सडक पुनः अवरुद्ध

  • सोमबार ४ साउन २०८३ १०:०१ AM
धादिङ : धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोला क्षेत्रमा फेरि ढुङ्गासहितको पहिरो खस्दा मुग्लिङ–काठमाडौं सडकखण्ड दुईतर्फी रूपमा अवरुद्ध भएको छ। अविरल वर्षापछि आएको लेदो र ढुंगामाटोसहितको पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध बनेको हो। पहिरोसँगै माथिबाट निरन्तर ढुङ्गा झर्ने क्रम जारी रहेकाले पहिरो हटाउन कठिनाइ भइरहेको छ। सडक अवरुद्ध भएसँगै सयौँ यात्रुवाहक तथा मालवाहक सवारीसाधनहरू राजमार्गमै रोकिएका छन् भने यात्रुहरूले सास्ती व्यहोर्नुपरेको छ।जिल्ला प्रहरी कार्यालय धादि