पुँजी बजारबारे प्रधानमन्त्रीको चासो : सरोकारवालासँगको छलफलमा के भयो कुराकानी ?

  • सोमबार ४ साउन २०८३ १०:३६ AM
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले वर्तमान सरकारले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारलाई विशेष प्राथमिकता दिएको स्पष्ट पारेका छन् । पुँजी बजारका सरोकारवाला संस्था तथा नियमनकारी निकायका प्रतिनिधिहरूसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको छलफलमा उनले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य सरकारको मुख्य प्राथमिकतामा रहेको बताएका हुन्