सरकारले सार्वजनिक बिदाको पुनरावलोकन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ । सरकारका सचिवहरूको बैठकले शनिबार र आइतबार दुई दिन बिदा दिने व्यवस्था सुरु भएपछि सार्वजनिक बिदाको व्यवस्थामा पुनरावलोकन आवश्यक देखिएको भन्दै कार्यदल गठन गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठन हुने कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी