सडक बालबालिका मुक्त नेपाल बनाउने राष्ट्रिय लक्ष्यअनुरूप दैनिक गस्ती तथा उद्धार कार्य तीव्र

  • सोमबार ४ साउन २०८३ ०२:०१ PM
काठमाडौं। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित बालबालिका खोजतलास समन्वय केन्द्र (१०४) मार्फत सडक बालबालिका मुक्त नेपाल बनाउने राष्ट्रिय लक्ष्यअनुरूप जोखिमपूर्ण अवस्थामा रहेका सडक बालबालिकाको खोजतलास, दैनिक गस्ती तथा उद्धार कार्य तीव्र गतिमा सञ्चालन भइरहेको छ। मन्त्री सिता बादीको पदबहालीपश्चात् मन्त्रालयले सडक बालबालिकाको संरक्षणलाई उच्च प्राथमिकतामा राख्दै दैनिक गस्ती, उद्धार