काठमाडौं । नेपालमा प्रोटोनको इ. मास ५ सार्वजनिक भएको छ । सोमबार होटल सोल्टीमा आयोजित एक विशेष समारोहबिच प्रोटोनको इ. मास ५ को सार्वजनिक भएको हो । बहुप्रतिक्षित रुपमा रहेको उक्त गाडी नेपालका लागि प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले बजारमा ल्याएको हो । यसअघि नै प्रोटोनको इ. मास ७ नेपाली बजारमा चर्चित भइसकेको छ