काठमाडौं : प्रधानमन्त्री बालेन शाहले तयारी पोशाक उद्योगले भोगिरहेका समस्याहरू समाधानका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन्। मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले उद्योगले भोगिरहेका समस्या समाधान र उत्पादन तथा निर्यात प्रवर्धनलाई सरकारले प्राथमिकतामा राखेको बताए। सो क्रममा प्रधानमन्त्री शाहले तयारी पोशाक उद्योगको वर्तमान अवस्थाका बारेमा जानकारी समेत लिएको नेपाल तयारी पोशाक उद्योग संघका पशुपतिदेव पा