बितेका १० वर्ष कांग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिए : गगन थापा

  • मङगलबार ५ साउन २०८३ ११:१८ AM
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०७२ देखि २०८२ सालसम्मको दशक नेपाली कांग्रेस र मुलुक दुवैका लागि ‘अध्याँरा’ र ‘काला’ वर्षका रूपमा बितेको टिप्पणी गरेका छन् । मंगलबार काठमाडौंमा महामन्त्री गुरु घिमिरेद्वारा लिखित ‘बुद्ध, वीपी र आजका नेता’ तथा ‘लिलिपुटका लघुमानव’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै थापाले उक्त अवधिमा पार्टीभित्र र राष्ट्रिय राजनीतिमा सिद्धान्तभन्दा सत्ता र शक्तिको