तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते

  • मङगलबार ५ साउन २०८३ ११:२९ AM
तनहुँ । तनहुँको व्यास नगरपालिका–७ कलेस्ती पुल नजिक बस दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् भने अन्य १४ यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मंगलबार दिउँसो करिब ३ः१५ बजे कलेस्तीबाट दमौलीतर्फ जाँदै गरेको ग१ख ६४६५ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा कलेस्ती खोलाको पुलमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा चालक व्यास नगरपालिका–२ निवासी २६ वर्षीय शम्शेर परियार चालक सिटमै च्यापिएका थिए। प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेको नेतृत्वमा ट्राफिक प्रहरीसहित १७ जनाको टोलीले उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल दमौली पठाएको प्रहरीले जनाएको छ। उनको बायाँ खुट्टा, छाती, ... The post तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते appeared first on Kalika Khabar.