वैदेशिक रोजगारीमा शून्य लागत कि शून्य अवसर ? 

  • मङगलबार ५ साउन २०८३ ०७:५२ PM
  काठमाडौँ। विदेश जाने सपना धेरै नेपाली युवाका लागि केवल रोजगारीको खोजी होइन, परिवारको भविष्य बदल्ने आशा पनि हो। तर त्यो यात्राको पहिलो पाइला म्यानपावर कम्पनीको ढोका धेरैका लागि आशाभन्दा बढी अन्योल, प्रतीक्षा र प्रश्नले भरिएको बन्न थालेको छ। नेपाल सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित, पारदर्शी र शून्य लागतमा बनाउने नीति लिएको वर्षौं भइसकेको छ। नेपाल मलेसियाबीच भएको श्रम समझदारीले नेपाली श्रमिकलाई अतिरिक्त आर्थिक भार नपर्ने, पारदर्शी भर्ना प्रक्रिया अपनाइने र रोजगारीमा समान पहुँच हुने अपेक्षा गरिएको थियो। तर व्यवहारमा श्रमिकले भोगिरहेका अनुभवले नीति र कार्यान्वयनबीच अझै ठूलो दूरी रहेको संकेत गर्छ। यसै सन्दर्भमा पछिल्ला दिनमा मलेसियाको प्रतिष्ठित इलेक्ट्रोनिक्स कम्पनी जाबिल सर्किट एसडीएन