काठमाडौं : प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४४ औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।नेपालमा लोकतन्त्र स्थापनाका लागि २००७ सालको जनक्रान्तिको नेतृत्व गरेका बीपी २०१५ सालको पहिलो आम निर्वाचनपछि देशको प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका थिए। प्रधानमन्त्री कार्यकालमा भूमिसुधार र आर्थिक विकासका नीति अघि सारेका उनलाई २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले संसद् विघटन गरी बन्दी बनाएका थिए। लामो जेल जीवन र निर्वासनपछि २०३३ साल