पक्राउ पुर्जी जारी भएका इजरायली प्रधानमन्त्री नेतान्याहु न्युयोर्क गए पक्राउ पर्लान् ?

  • बुधबार ६ साउन २०८३ ०५:१४ AM
काठमाण्डु– न्युयोर्कका मेयर जोहरान ममदानीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले जारी गरेको पक्राउ पुर्जी कार्यान्वयन गर्ने स्वतन्त्र कानूनी अधिकार न्युयोर्क सहरसँग नरहेको स्पष्ट पार्दै त्यसका लागि अमेरिकी संघीय सरकारले आवश्यक कदम चाल्नुपर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियो सन्देशमा मेयर ममदानीले नेतान्याहु न्युयोर्क गएमा आइसिसीको पक्राउ पुर्जी कार्यान्वयन गर्न