बागमती प्रदेशमा कांग्रेस अल्पमतमा, एमालेका मन्त्रीले दिए सामूहिक राजीनामा

  • बुधबार ६ साउन २०८३ ११:०१ AM
काठमाडौं : बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ। एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रदेश सरकारमा रहेका एमालेका मन्त्रीले सामूहिक राजीनामा दिएको जानकारी दिए।‘नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम एमालेको निर्णय तथा वर्तमान राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दै आजकै मितिदेखि लागू हुने गरी हाम्रो दलका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले पदबाट संयुक्त रूपमा राजीनामा दिएको हुँदा सोही व्यहोरा अवगत गराउँदै उक्त राजीनामा स्वीकार गरी आवश्यक संवैधानिक तथा कानुनी प्रक्रिया अ