काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले लोकतान्त्रिक मूल्य, अभिव्यक्ति स्वतन्त्रता र राजनीतिक अधिकारको रक्षा गर्नु कांग्रेसको ऐतिहासिक दायित्व रहेको बताएका छन् । जननायक बीपी कोइरालाको स्मृति दिवसका अवसरमा विज्ञप्ति जारी गर्दै उनले राष्ट्रियता, प्रजातन्त्र, समाजवाद, मेलमिलाप र जनताको सर्वोच्चताको बीपीले अघि सारेको मार्ग आज पनि नेपालको राजनीतिक यात्राको प्रमुख मार्गदर्शक रहेको बताए । उनले भने, ‘राष्ट्रियता, प्रजातन्त्र र समाजवाद सहित मेलमिलाप र जनताको सर्वोच्चताप्रतिको उहाँको अटल विश्वास र विचार आज पनि हाम्रो राजनीतिक यात्राको मार्गदर्शक बनेको छ ।’ बीपी कोइरालाको नेतृत्वमा राजनीतिक यात्रा सुरु गर्नु आफ्नो जीवनकै ठूलो सौभाग्य भएको उल्लेख गर्दै ... The post लोकतन्त्रमाथिको दमन स्वीकार्य छैन : शेरबहादुर देउवा appeared first on Kalika Khabar.