उपत्यकामा बढ्दो आत्मदाहका घटना

  • बुधबार ६ साउन २०८३ १२:०० PM
काठमाडौं : पछिल्लो समय काठमाडौं उपत्यकामा आफैंमाथि आगो लगाएर ज्यान फाल्ने तथा आत्मदाहको प्रयास गर्ने घटनाहरू डरलाग्दो रूपमा दोहोरिन थालेका छन्। आर्थिक विपन्नता, सामाजिक तनाव, कानुनी झन्झट र घरायसी वा व्यक्तिगत समस्यासँग जुध्न नसक्दा सर्वसाधारणले चरम र आत्मघाती बाटो रोज्ने प्रवृत्ति बढेको छ।मंगलबार बिहान कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटस्थित निजी जग्गामा पार्किङ गरी राखिएको कारभित्र जलिरहेको अवस्थामा काठमाडौं नरदेवी घर भएका ७० वर्षीय सुरेशचन्द्र श्रेष्ठ मृत भेटिए।यसअघि गत असार २६ गते मुगु