काठमाडौँ। एसीसी महिला यु–१९ प्रिमियर कप २०२६ मा गरेको ऐतिहासिक प्रदर्शनको कदर गर्दै क्रिकेटर सावित्री धामीलाई अमरावती बुटिक होटेलले नगदसहित सम्मान गरेको छ। बुधवार आयोजित सम्मान कार्यक्रममा होटेले धामीलाई नगद रु. ५० हजार प्रदान गर्दै सम्मान गरेको हो। धामीले एसीसी महिला यु–१९ प्रिमियर कप २०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगिताकी सर्वाधिक रनकर्ता बन्न सफल भएकी