काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी कमजोर रहेको आरोप लगाउँदै विपक्षी दलहरूले राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् । बुधबार राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा)ले संयुक्त रूपमा प्रस्ताव दर्ता गर्दै सरकारको विपद् पूर्वतयारी प्रभावकारी नभएको, उद्धार तथा प्रतिकार्य प्रणाली कमजोर रहेको