जनकपुरधाम । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वाधिनताको रक्षा गर्न परिवर्तन पक्षधर राजनीतिक शक्तिबीच सहकार्य आवश्यक रहेको बताएका छन् । जनकपुरधामस्थित महेन्द्रनारायण निधि प्रतिष्ठानमा आज आयोजित नेकपा मधेस प्रदेशको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा मधेस प्रदेश समितिका पदाधिकारी तथा सदस्यलाई सपथग्रहण गराउँदै संयोजक दाहालले मुलुकको राष्ट्रिय स्वाधीनता, संविधान र