काठमाडौँ । नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले पार्टी सभापति गगनकुमार थापालाई असहमत पक्षलाई समेत सहमतिमा ल्याएर पार्टीलाई अघि बढाउन आग्रह गरेका छन् । बिपी कोइराला स्मृति दिवसका अवसरमा बुधवार काठमाडौँमा संस्थापनइतर समूहले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले निर्वाचन आयोग र अदालतले आफू नेतृत्वलाई वैधानिकता दियो भन्दैमा पार्टीमा फरक