कांग्रेसको संस्थापनइतर पक्षले बोलायो राष्ट्रिय भेला

  • बुधबार ६ साउन २०८३ ०७:०० PM
काठमाडौं : नेपाली कांग्रेस संस्थापनइतर पक्षले पार्टीको आन्तरिक एकताका लागि संस्थापन पक्ष गम्भीर नभएको आरोप लगाएका छन्। बीपी स्मृति दिवसको अवसरमा काठमाडौंमा छुट्टै कार्यक्रमको आयोजना गर्र्दै संस्थापनइतर पक्षले पार्टी मिलाउने मुख्य जिम्मेवारी सभापति गगन थापाको भएपनि आन्तरिक एकताका लागि संस्थापन पक्ष गम्भीर नभएको बताएका हुन्। संस्थापनइतर पक्षले साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेलाको आयोजना गरेको जानकारी गराएको छ। भेलामार्फत आफूहरूले आगामी रणनीति तय हुने कांग्रेस नेता प्रकाशमान सिंहले बता