काठमाडौं । देशका विभिन्न प्रदेशमा आज भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेकाले केही क्षेत्रमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना रहेको विभागको भनाइ छ । विभागका अनुसार दिउँसो कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको