माईतीघरमा द्वन्द्वपीडितहरूको गुनासो– ‘सरकार भेट्न पाइएन’

  • बिहीबार ७ साउन २०८३ ०८:५२ AM
काठमाडौं । द्वन्द्वपीडितहरूले विश्वसनीय, पारदर्शी र पीडितमैत्री प्रक्रियाबाट सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठन गर्न माग गर्दै काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गरेका छन् । आम द्वन्द्वपीडित समुदायको आयोजनामा बिहीबार भएको प्रदर्शनमा सहभागीहरूले पीडितको अर्थपूर्ण सहभागिताविना गठन हुने आयोगले संक्रमणकालीन न्यायको उद्देश्य पूरा गर्न नसक्ने भन्दै आयोग गठनअघि पीडितसँग अनिवार्य परामर्श गर्न, योग्य र निष्पक्ष