काठमाडौँ : नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका वामपन्थी शक्तिहरुलाई एक बनाउने प्रयासमा आफू लागेको बताएका छन्। नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवसको अवसरमा बिहीबार कीर्तिपुर नगरपालिका–४ स्थित चम्पादेवीमा पुष्पलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नेकपा, एमालेसहितका वामपन्थी शक्तिहरूबिच सहकार्यको लागि आफूले पहल गरिरहेको बताएका हुन्। प्रचण्डले देशलाई निरङ्कुशता तर्फ लैजाने प्रयास भइरहेको पनि दाबी गरे। ‘अहिले संघर्षबाट प्राप्त उपलब्धी र सकारात्मक परिवर्तनविरुद्ध प्रहार भइरहेको छ,’ प्रचण्डले भने, ‘अहिले देशलाई अराजकता र निरङ्कुशतातर्फ लैजाने प्रयास गरिएको छ। त्यसलाई रोक्न सवै लोकतान्त्रिक र वामपन्थी शक्तिबिच सहकार्य ... The post वामपन्थी शक्तिहरूलाई एक बनाउने प्रयास गर्दैछु : प्रचण्ड appeared first on Kalika Khabar.